खानेपानीमन्त्री यादवले गरे राजीनामाको घोषणा

२०८२ भदौ २४ गते

खानेपानीमन्त्री यादवले गरे राजीनामाको घोषणा

काठमाडौं । खानेपानी मन्त्री प्रदीप यादवले पदबाट राजीनामा दिएका छन् । मंगलबार सामाजिक सञ्जालमार्फत उनले आफूले मन्त्री पदबाट राजीनामा दिएको घोषणा गरेका हुन् । 


उनले लेखेका छन्,‘प्रिय युवा भाइबहिनीहरु तपाइँ नै मेरो प्रथम सहयोगी र मेरो जोश र उर्जाका सुत्रधार हुनुहुन्छ । हिजो न्भल श युवा पुस्ताले गरेको आन्दोलनको समर्थन र सरकार र प्रशासनद्वारा गरिएको दमनको विरोध गर्दै म आफ्नो खानेपानी मन्त्रालयको मन्त्री पदबाट राजीनामा दिने घोषणा गर्दछु । हामी सबैलाई संयमता अपनाई युवा पुस्तालाई सहि मार्ग दर्शन दिन र सहयोग गर्न अपिल गर्दछु ।’
 

Advertisement:

Ad
Ad