खाली गाग्री लिएर प्रधानमन्त्री भेट्न भन्दै काठमाडौं आए धरानका मेयर

२०८१ माघ ०७ गते

खाली गाग्री लिएर प्रधानमन्त्री भेट्न भन्दै काठमाडौं आए धरानका मेयर

काठमाडौँ । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ खाली गाग्री लिएर काठमाडौं आएका छन् । उनी प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्ने उद्देश्यले काठमाडौं आएका हुन् ।

सरकारले धरानको खानेपानी समस्यालाई बेवास्ता गरेको भन्दै साम्पाङ खाली गाग्री लिएर आएका हुन् । उनले खानेपानी मन्त्री र प्रधानमन्त्रीलाई भेट्ने बताएका छन् ।

Advertisement:

Ad
Ad

सोमबार काठमाडौं आएका उनले मंगलबार खाली गाग्रीसहित सिंहदरबार जाने बताएका छन् ।