केपी ओलीको व्यक्तिगत सुरक्षामा खटिएका इन्स्पेक्टर उमेश थापाको मृत्यु

२०८१ असार २२ गते

केपी ओलीको व्यक्तिगत सुरक्षामा खटिएका इन्स्पेक्टर उमेश थापाको मृत्यु

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको व्यक्तिगत सुरक्षामा खटिएका सशस्त्र प्रहरी बलका इन्स्पेक्टर उमेश थापाको मृत्यु भएको छ ।

सूर्यविनायक नगरपालिका–९ गुण्डुस्थित घरमा सुतेका उनलाई गएराति परिवारले अस्पतालमा लगेका थिए । उपचारको क्रममा उनको भक्तपुर अस्पतालमा मृत्यु भएको हो। उनलाई हृदयघात भएको आशंका गरिएको छ ।

Advertisement:

Ad
Ad

घटनाबारे प्रहरी वृत्त जगातेले अनुसन्धान शुरु गरेको छ । उनको शव पोष्टमार्टम गरेर शनिबार नै दाहसंस्कार गरिने सशस्त्र प्रहरी बल प्रधान कार्यालयले जनाएको छ ।