काठमाडौं आउँदै गरेको बस दुर्घटना हुँदा बसमा सवार रहेका ४३ जना घाइते

२०८१ जेठ ३० गते

काठमाडौं आउँदै गरेको बस दुर्घटना हुँदा बसमा सवार रहेका ४३ जना घाइते

काठमाडौं । काठमाडौं आउँदै गरेको बस रूपन्देहीमा दुर्घटना हुँदा बसमा सवार रहेका ४३ जना घाइते भएका छन्।

दाङबाट काठमाडौंका लागि छुटेको रा १ ख २७८३ नम्बरको बस गए राति ११स्५० बजे रूपन्देहीको सैनामैना नगरपालिका( १० सालझन्डी बजारस्थित पुलमा दुर्घटना भएको प्रहरीले जानकारी दिएको हो।

Advertisement:

Ad
Ad

जिल्ला प्रहरी कार्यालय रूपन्देहीका सूचना अधिकारी डिएसपी मनोहरप्रसाद भट्टका अनुसार बिग्रेर राखेको लु १ ख ६८७ नम्बरको बालुवा बोकेको ट्रकमा ठोक्किएको थियो। दुर्घटनाबाट बसका चालक र यात्रुसहित ४३ जना घाइते भएका थिए।

घाइतेहरूलाई चौराहा हस्पिटल बुटवल, एडमनसिटी हस्पिटल बुटवल र हिराचन्द्र हस्पिटल सालझण्डीमा उपचारका लागि लगिएको छ। आइतबार बिहानसम्म १९ जना डिस्चार्ज भइसकेको र बाँकी २४ जनाको उपचार जारी रहेको डिएसपी भट्टले जानकारी दिए।

नाम नखुलेको बसका सहचालक गम्भीर घाइते छन्। उनको चौराहा हस्पिटलमा उपचार भइरहेको छ। यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।