कार्यवाहक सरकारको नेतृत्व गर्न मुहम्मद युनुस बंगलादेश पुगे

२०८१ साउन २४ गते

कार्यवाहक सरकारको नेतृत्व गर्न मुहम्मद युनुस बंगलादेश पुगे

एजेन्सी । नोबेल पुरस्कार विजेता मुहम्मद युनुसले बंगलादेशमा धेरै काम गर्न बाँकी रहेको घोषणा गरेका छन् । बंगलादेशको अन्तरिम नेताको रूपमा पदभार ग्रहण गर्न उनी देश आइपुगेका छन्।उनलाई लिएर बंगलादेशीहरु उत्साहित भएका छन् ।८४ वर्षीय युनुस अव बंगलादेशको अन्तरिम सरकारको प्रमुख सल्लाहकार रुपमा रहनेछन् ।

१५ वर्षसम्म निरन्तर बंगलादेशमा शासन गरेकी निःवर्तमान प्रधानमन्त्री शेख हसिना आन्दोलनको दबाव थेग्न नसकी भारततर्फ भागेको केही दिनपछि युनुस स्वदेश आइपुगेका हुन् । बंगलादेशमा हप्तौंको विद्यार्थी नेतृत्वको विरोध प्रदर्शन भएको थियो जसमा सयौँले ज्यान गुमाएका थिए ।

Advertisement:

Ad
Ad

राष्ट्रपति मोहम्मद शाह बुद्दीन, सैन्य नेता र विद्यार्थी नेताहरुबीचको बैठकपछि अन्तरिम सरकारको प्रमुख सल्लाहकारमा प्रोफेसर युनुसलाई नियुक्त गर्ने निर्णय भएको हो ।आन्दोलनरत विद्यार्थीहरूले सैन्य नेतृत्वको सरकारलाई स्वीकार नगर्ने स्पष्ट पारेपछि युनुसलाई आह्वान गरिएको हो ।