२०८१ वैशाख २७ गते
काठमाडौं । बालमन्दिर जग्गा प्रकरणमा २० जनाविरुद्ध प्रहरीले पक्राउ पुर्जी जारी गरेको छ । बालमन्दिरको तर्फबाट बिहीबार सीआईबीमा जाहेरी परेको थियो ।
नक्सालस्थित बालमन्दिर जग्गा विवादमा बालमन्दिरकी तत्कालीन अध्यक्ष रिता सिंह, पूर्वपदाधिकारीहरू गणेशभक्त श्रेष्ठ, तुलसीनारायण सिंह, सुमन शाक्य, कृष्णशंकर साह, श्यामकुमार आले, सुवासकुमार पोखरेलसहितका व्यक्तिहरुविरुद्ध पक्राउ पुर्जी जारी भएको हो ।
यस्तै योगेन्द्रबहादुर शाही, प्रचण्डराज प्रधान, गोपाल श्रेष्ठ, रामकाजी कोने, दिपकदास श्रेष्ठलाई पनि पक्राउ पुर्जी जारी भएको हो । यसवाहेक वृहस्पति स्कुलका पूर्वसञ्चालकहरू चिरञ्जीवी तिवारी, प्रविणराज जोशी र मुरारी निधी तिवारीविरुद्ध पनि पक्राउ पुर्जी जारी भएको छ । उक्त जग्गा विवादबारे नेपाल प्रहरीको सीआईबीले यसअघिदेखि नै अनुसन्धान गरिरहेको थियो ।
प्रतिक्रिया