कुलिङ पिरियडको त्रुटिलाई सच्याउँदै सङ्घीय निजामती विधेयक राष्ट्रिय सभाबाट पारित

२०८२ भदौ १७ गते

कुलिङ पिरियडको त्रुटिलाई सच्याउँदै सङ्घीय निजामती विधेयक राष्ट्रिय सभाबाट पारित

काठमाडौं । सङ्घीय निजामती विधेयक राष्ट्रिय सभाबाट पारित भएको छ । मंगलबार बसेको राष्ट्रिय सभाको  बैठकले सङ्घीय निजामती विधेयक पारित गरेको हो । 


निजामती विधेयकलाई विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित पारित गरियोस् भनी संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले प्रस्ताव राखेकी थिइन् ।

Advertisement:

Ad
Ad


राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले विधेयकलाई प्रतिवेदनसहित निर्णयार्थ प्रस्तुत गरेका थिए । 
राष्ट्रिय सभाको बैठकले विधेयकमा कुलिङ अफ पिरियडको त्रुटिलाई समेत सच्याएको छ ।