जङ्गली हात्तीको आक्रमणबाट वृद्धको मृत्यु भएपछि आक्रोशित स्थानीयवासीले गरे पूर्व पश्चिम राजमार्ग अवरुद्ध

२०८१ फागुन २९ गते

जङ्गली हात्तीको आक्रमणबाट वृद्धको मृत्यु भएपछि आक्रोशित स्थानीयवासीले गरे पूर्व पश्चिम राजमार्ग अवरुद्ध

बर्दिया । बर्दियामा जङ्गली हात्तीको आक्रमणबाट वृद्धको मृत्यु भएपछि आक्रोशित स्थानीयवासीले पूर्व पश्चिम राजमार्ग अवरुद्ध गरेका छन् । भुरिगाउँ चिसापानी सडक खण्डको बलाती भन्ने स्थानमा स्थानीयवासीले राजमार्ग अवरुद्ध गराएका छन् ।

मानव वन्यजन्तु न्यूनीकरणका लागि दिगो समाधान खोज्नुपर्ने माग गर्दै राजमार्ग अवरुद्ध गरेको स्थानीयवासीले जनाएका छन् । राजमार्ग अवरुद्ध भएपछि लामो तथा छोटो दुरीका यातायातका साधनहरू ठप्प भएका छन् । सडक सुरक्षाका लागि नेपाल प्रहरी सशस्त्र प्रहरी र नेपाली सेनाको टोली तैनाथ गरिएको छ ।

Advertisement:

Ad
Ad

यता सडक अवरुद्ध खुलाउनका लागि स्थानीयसँग वार्ता गरि सडक खुलाउने प्रयास भइरहेको छ । बर्दिया राष्ट्रिय निकुञ्ज, प्रशासन र स्थानीयवासी बिच वार्ता गरि राजमार्ग खुलाउने प्रयास भइरहेको प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले बताए ।

गएराती ठाकुर बाबा नगरपालिका वडा नं २ बलातीका ७१ वर्षीय बोलीराम थारूको मृत्यु हात्तीको आक्रमणबाट मृत्यु भएको थियो । रातीको समयमा घर छेउको खेतमा हात्तीले गहुँ खाइरहेको थाहा पाएपछि धपाउन बाहिर निस्किएका थारूलाई हात्तीले गर्दा मृत्यु भएको थियो ।