जमुना शर्मा न्यूनतम पारिश्रमिक निर्धारण समिति सदस्यमा नियुक्त

२०८२ असार २० गते

जमुना शर्मा न्यूनतम पारिश्रमिक निर्धारण समिति सदस्यमा नियुक्त

काठमाडौँ ।  पत्रकार जमुना शर्मा न्यूनतम पारिश्रमिक निर्धारण समितिको सदस्यमा नियुक्त भएकी छन्।सरकारका प्रवक्ता तथा सूचना, सञ्चार तथा प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले शुक्रबार शर्मालाई नियुक्तिपत्र प्रदान गरेका हुन्। मन्त्रीस्तरीय निर्णयअनुसार श्रमजीवी पत्रकारहरूको हकहितका लागि गठित समितिमा शर्माको नियुक्ति गरिएको हो।

 

Advertisement:

Ad
Ad

शर्मा हाल पोखरा एक्सप्रेस मिडिया प्रा.लि. द्वारा सञ्चालित पोखरा एक्सप्रेस डट कमकी प्रधान सम्पादक पनि हुन्। नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश समितिकी महासचिव हुनुका साथै उनले प्रेस चौतारी नेपालको निवर्तमान केन्द्रीय सदस्य तथा महिला विभाग प्रमुखको जिम्मेवारी पनि सम्हालिसकेकी छिन्।

 

झण्डै तीन दशकदेखि सम्पादकीय नेतृत्वदायी भूमिकामा रहेकी  शर्माले सम्पादकीय नीति निर्माण, सामग्रीको गुणस्तर, जनसंवेदनशील रिपोर्टिङ, महिला तथा समावेशी पत्रकारिता लगायत सञ्चार क्षेत्रको विकास र श्रमजीवी पत्रकारहरूको हकहितमा विशेष योगदान पुर्‍याउँदै आएकी छिन् ।