इटहरीमा अनिश्चीतकालिन कर्फ्यू आदेश

२०८२ भदौ २३ गते

इटहरीमा अनिश्चीतकालिन कर्फ्यू आदेश

विराटनगर । सुनसरी जिल्ला प्रशासन कार्यालयले इटहरीमा अनिश्चीतकालिन कर्फ्यू आदेश जारी गरेको छ ।
इटहरीमा जेन जीहरुको आन्दोलन चर्किएपछि स्थानीय प्रशासनले अर्को सूचना जारी नभएसम्मका लागि इटहरी चोक आसपास क्षेत्रमा लागू हुनेगरी कर्फ्यू लगाएका हो । 
आन्दोलनका क्रममा सुनसरीको इटहरी उपमहानगरपालिका भवनभित्र प्रदर्शनकारी प्रवेश गरी आगजनी गरेका थिए । प्रत्यक्षदर्शीका अनुसार उपमहानगरपालिकाभित्र प्रवेश गरेका प्रदर्शनकारीले सरकारी सम्पत्ति जलाउने काम गरेका हुन् । गेटमै रोकेर नियन्त्रण गर्ने प्रहरीको प्रयास असफल बनेपछि उनीहरू भवनभित्र पसेका थिए । इटहरी आसपासको क्षेत्र अहिले तनावग्रस्त बनेको छ ।

Advertisement:

Ad
Ad