'हिंसात्मक आन्दोलनका लागि खटाउँने योजनाकारको खोजी भइरहेको छ'

२०८१ चैत १८ गते

'हिंसात्मक आन्दोलनका लागि खटाउँने योजनाकारको खोजी भइरहेको छ'

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार तीनकुने आन्दोलनमा भएको हिंसात्मक घट्नामा संलग्न जोकोहीलाई कडा प्रशासनिक कारबाही गरिने बताएका छन् ।सोमबार बसेको प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै उनले घटनामा संलग्न जुनसुकै कभरमा बसेपनि कडा प्रशासनिक कारबाही गर्ने चेतावनी दिए ।

उनले भने,‘शुक्रबार तीनकुनेमा भएको शान्तिपूर्ण आन्दोलन भनिएकोमा आपराधिक घटना सुरु गरियो । आगजनी गरियो । मानिसलाई घरभित्रै थुनेर बाहिरबाट ताल्चा लगाएर जिउँदै जलाएर हत्या गरियो । प्रहरीको बन्दुक खोस्ने, कुटपीट गर्ने ढुंगामुडा, तोडफोट, लुटपात जस्ता अपराधिक घट्ना गरियो । अन्य आतंककारी काम समेत भयो । यी सबै निन्दनीय र खेलजनक क्रियाकलाप हुन् । यस्ता घटनामा संलग्नहरुमाथि जोसुकै जोस्, जुनसुकै कभरमा किन नहुन कडा प्रशासनिक कारबाही हुन्छ ।’

Advertisement:

Ad
Ad

साथै उनले यसका योजनाकार को हुन र को को संलग्न छन भन्ने विषयमा सरकारले छानबीन र अनुसन्धान गरिरहेको पनि संसदमा जानकारी गराए । पूर्वराजा ज्ञानेन्द्र शाहले समाज विथोल्न लागिपरेका दुर्गा प्रसाईलाई आफ्नै निवासमा डाकेर जनकमाण्डर तोकेर हिंसात्मक क्रियाकलापको लागि खटाएको पनि उनको भनाई छ ।

साथै ज्ञानेन्द्रले संविधानको ऐतिहासिक निर्णयपछि भएको सम्झौताको उल्लङघन गरेको पनि प्रधानमन्त्री ओलीको आरोप छ । उनले भने,‘यसका योजनाकार को हुन र को को संलग्न छन । सरकारले यस विषयमा छानविन र अनुसन्धान गरिरहेको छ । चैत्र १४ गते समाज विथोल्न लागिपरेका एकजना व्यक्तिलाई आफ्नै निवासमा डाकेर जनकमाण्डर तोक्नुभयो र हिंसात्मक वारका लागि खटाउनुभयो । प्रारम्भिक अध्ययनले स्पष्ट पार्छ । पूर्वराजा ज्ञानेन्द्र शाहले संविधानको ऐतिहासिक निर्णयपछि भएको सम्झौताको उल्लङघन गर्नुभएको छ ।’