२०८१ मंसिर २४ गते
काठमाडौँ। हिमालयन डिष्टिलरी लमिटेडले लाभांश घोषणा गरेको छ। कम्पनीको मंसिर २३ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको २० प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो।
जसमध्ये १५ प्रतिशत बोनस शेयर रहेको छ भने ५ प्रतिशत नगद लाभांश रहेको छ। आगामी वार्षिक साधारण सभाबाट पारित गरेपश्चात सो दरमा लाभांश वितरण गरिनेछ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले पुस १९ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ। यस अनुसार पुस १८ गतेसम्मका शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन तथा कम्पनीको लाभांश पाउने छन् ।
प्रतिक्रिया