हाम्रो पात्रो, ग्लोबल डायरी सुचिकरण, एक्स र विच्याटले विवरण मागे, फेसबुकको  अतोपत्तो छैन

२०८२ भदौ २२ गते

हाम्रो पात्रो, ग्लोबल डायरी सुचिकरण, एक्स र विच्याटले विवरण मागे, फेसबुकको  अतोपत्तो छैन

काठमाडौ । सरकारले निस्क्रिय बनाएको हाम्रो पात्रो सुचिकरण भएको सञ्चार तथा सुचना प्रविधि मन्त्रालयले जनाएको छ । स्मार्ट आइडिया प्रा.लिद्धारा सञ्चालित हाम्रो पात्रो र ग्लोबल डायरी प्रालि सुचिकरण भएको मन्त्रालयका प्रवक्ता गजेन्द्र कुमार ठाकुरले बताएका छन् ।

यसैगरी सामाजिक सञ्जाल एक्स र विच्याटले सुचिकरणका लागि आवश्यक पर्ने कागजातको जानकारी मागेकाले  उनीहरुलाई कागजात उपलब्ध गराइएको ठाकुरले भनेका छन् । बन्द भएका सामाजिक सञ्जाल भिपिएन (भर्चुअल प्राइभेट नेटवर्क) नचलाउँन सरकारले आव्हान गरेको छ ।

Advertisement:

Ad
Ad

भिपिएन नेपालका लागि  अनधिकृत र असुरक्षित मानिन्छ । हालसम्म सुचिकरण नभएका सामाजिक सञ्जाललाई सुचिकरण हुन पुन आव्हान गरिएको विज्ञप्ति प्रवक्ता ठाकुरले निकालेका छन् । सुचिकरण नभई सञ्चालन भएका सामाजिक सञ्जाल नचलाई सरकारलाई सहयोग गर्न पनि आग्रह गरिएको छ ।