२०८१ जेठ २४ गते
काठमाडौं । ग्लोबल इक्विटी फण्ड लिमिटेडले असार ७ गते विशेष साधारण सभा बोलाएको छ । जेठ २१ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सानेपा, ललितपुरमा विहान १० बजे सभा गर्ने निर्णय गरेको हो ।
सभाले हकप्रद शेयर जारी गर्ने र त्यसका लागि आवश्यक सम्पूर्ण कामको जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय पनि गर्नेछ । कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधनको विषय टुङ्ग्याउनेछ । साथै सञ्चालकहरूको नियुक्ती अनुमोदनको प्रस्ताव पनि सभाले पारित गर्नेछ ।
विशेष साधारण सभा प्रयोजनका लागि कम्पनीले जेठ ३१ गते एक दिन बुक केज गर्ने भएको छ । बुक क्लोजको आधारमा जेठ ३० गतेसम्म कायम शेयरधनीहरू मात्र सभामा भाग लिन सक्नेछन् ।
प्रतिक्रिया