एयर इण्डियाको जहाजलाई बमले उडाइदिने धम्की, आपतकालिन अवतरण

२०८२ जेठ ३० गते

एयर इण्डियाको जहाजलाई बमले उडाइदिने धम्की, आपतकालिन अवतरण

काठमाडौ । थाइल्याण्डको फुकेट टापुबाट दिल्लीतर्फ गइरहेको एयर इन्डियाको एक उडानलाई शुक्रबार बम विस्फोट गराउने धम्की आएको छ। उक्त धम्कीपछि विमानको आपतकालीन अवतरण गरिएको छ। एकजना अधिकारीले समाचार संस्था रेयटर्सलाई जानकारी दिँदै भने अनुसार, उडान नम्बर AI-379 सुरक्षित रूपमा अवतरण गरिएको छ। विमानमा १५६ जना यात्रु सवार थिए।

उडान ट्र्याक गर्ने साइट फ्लाइटराडार २४ अनुसार, सो विमानले शुक्रबार बिहान ९ः३० बजे फुकेट विमानस्थलबाट दिल्लीका लागि उडान भरेको थियो, तर अन्डमान समुद्रको वरिपरि एक ठूलो घुम्ती लगाएर फेरि फुकेट फर्किएको थियो। यसअघि पनि लन्डन जाँदै गरेको एयर इन्डियाको अर्को विमानलाई तीन घण्टा आकाशमा होल्ड गराइएपछि मुम्बईमै फर्काएर अवतरण गराइएको थियो।

Advertisement:

Ad
Ad