एम्बुलेन्स पनि जाममा पर्ने काठमाडौँ शहर (तस्विरहरु)

२०८१ चैत २९ गते

एम्बुलेन्स पनि जाममा पर्ने काठमाडौँ शहर (तस्विरहरु)

काठमाडौँ । विभिन्न समूहका आन्दोलनका कारण काठमाडौँका मूख्य शहरका सडकहरु सवारी जामले अस्तव्यस्त बन्न पुगेका छन् ।

विगत एक हप्तादेखि जारी शिक्षकको आन्दोलन त्यसैगरी सहकारी, लघुवित्त पीडितको आन्दोलन र आवासीय चिकित्सकको आन्दोलनका कारण शुक्रबार माइतिघर,त्रिपुरेश्वर, अनामनगर,सिंहदरबार आसपासका एरिया,थापाथली, कुपण्डोल,रत्नपार्क,भद्रकाली,पुतलीसडक,मिनभवन,थापागाउँ लगायत सहरका भित्री करिडोरमा अत्यधिक सवारी जाम भएको छ । जामका कारण सर्वसाधारण चढेको सवारीमात्र नभई अत्यावश्यकीय बिरामी बोकेका एम्बुलेन्स, पानी बोकेका ट्रक लगायत एउटै स्थानमा लामो समय रोकिएका छन् ।

Advertisement:

Ad
Ad

शुक्रबार सिंहदरबार दक्षिण गेट अगाडि करिव २० मिनेट लामो सवारी जाममा बीचमा फसेको एम्बुलेन्स बाटो पहिल्याउन साईरन बजाइरहेको थियो तर छिचोल्नै नसकेको देखिन्थ्यो । आर्तनाद गरिरहेको बिरामी काखमा लिएर सँगै बसेका कुरुवा आफन्त अत्तालिएका देखिन्थे । ट्राफिक प्रहरी मेहेनतका साथ सवारी हटाउन प्रयासरत थिए तर सकिरहेका थिएनन् ।

माइतिघर चोकदेखि नै बानेश्वरतिर प्रवेश निषेध गरिँदा सवारीहरु भित्री सडक डाइभर्ट गरिएका छन् । साँघुरो सडकमा हजारौँ सवारीसाधन थपिँदा पनि सडकमा थेगिनसक्नु भीड बढेको छ ।