एमालेको पार्टी  कार्यालय च्यासलमा तोडफोड

२०८२ भदौ २४ गते

एमालेको पार्टी  कार्यालय च्यासलमा तोडफोड

काठमाडौं । जेनजी पुस्ताका आन्दोलनकारीहरुले नेकपा एमालेको केन्द्रीय कार्यालय च्यासलमा तोडफोड गरेका छन् । शेर बहादुर देउवा, रमेश लेखक र आरजु राणाको घरमा आगजनी, गरेसँगै एमाले केन्द्रीय कार्यालयमा तोडफोड गरेका हुन् । 


यसअघि पार्टी कार्यालय अघि टायर बालेर प्रदर्शन गरिरहेका प्रदर्शनकारी पार्टी कार्यालमा प्रवेश गरेका हुन् ।सोमबार जेनजीले गरेको प्रदर्शनमा १९ जनाको मृत्यु भएपछि आज देशव्यापी प्रदर्शन भइरहेको छ ।

Advertisement:

Ad
Ad


देशभर अहिले प्रदर्शन चर्किरहेको छ । विभिन्न जिल्लामा पार्टीका कार्यलयहरु तोडफोड भएका छन् ।