२०८१ कात्तिक ३० गते
काठमाडौं । नेकपा एमालेको युवा विद्यार्थी विशेष जिल्ला कमिटी अध्यक्षमा सुदर्शन शिवाकोटी सर्वसम्मत चयन भएका छन् । काठमाडौमा बुधवार सुरु भएको पाँचौँ जिल्ला अधिवेशनमा नयाँ नेतृत्वका लागि बिहीबार बेलुका ८ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको थियो । अध्यक्षमा सुदर्शन शिवाकोटी र सचिवमा नरेन्द्र न्यौपानेको एकल उम्मेदवारी परेपछि उनीहरू निर्विरोध भएका हुन् । शिवाकोटी यसअघि अनेरास्ववियुका पूर्व उपमहासचिव थिए ।

त्यस्तै जिल्ला कमिटी सचिवमा नरेन्द्र न्यौपाने निर्वाचित भएका छन् । अन्य पदमा सर्वसम्मतिको प्रयास भइरहेको छ । एमालेका विद्यार्थी र युवा संगठनमा आबद्ध उपत्यकाका संगठित सदस्यहरुबाट युवा विद्यार्थी विशेष जिल्ला कमिटीको चयन हुने विधानको व्यवस्था छ ।अधिवेशनले ७५ सदस्यीय केन्द्रीय कमिटी चयन गर्नेछ ।
प्रतिक्रिया