२०८१ असार २१ गते
काठमाडौं । नेकपा एकीकृत समाजवादीले प्रेम आलेलाई केन्द्रीय कमिटीबाट हटाएको छ ।शुक्रबार सार्वजनिक ९३ जना केन्द्रीय सदस्यको सूचीमा आलेको नाम समावेश छैन । यसअघि आले पोलिटब्यूरो सदस्य थिए ।
तर पहिलेको पोलिटब्यूरो सदस्यहरूलाई राखेर बनाइएको केन्द्रीय कमिटीमा आलेको नाम राखिएको छैन । पार्टी प्रवक्ता एवं उपमहासचिव जगनाथ खतिवडाका अनुसार, केन्द्रीय सदस्यबाट आलेलाई हटाइएकाले उनको नाम समावेश नगरिएको हो ।
‘प्रेम आले महाधिवेशनमा हुनुहन्थेन । महाधिवेशनमा नआउनेलाई केन्द्रीय कमिटीमा नराख्ने निर्णयमा उहाँ पनि पर्नुभयो’, खतिवडाले भने ।आले डोटीबाट निर्वाचित प्रतिनिधि सभा सदस्य हुन् । एमाले विभाजन भएर २०७८ मा एकीकृत समाजवादी बन्दा उनले माधवकुमार नेपाललाई साथ दिएका थिए ।
प्रतिक्रिया