कुलमानको बर्खास्तबारे प्रधानमन्त्रीले जवाफ नदिएसम्म सदन चल्न नदिने प्रतिपक्षी दलहरूको अडान

२०८१ चैत १५ गते

कुलमानको बर्खास्तबारे प्रधानमन्त्रीले जवाफ नदिएसम्म सदन चल्न नदिने प्रतिपक्षी दलहरूको अडान

काठमाडौँ । प्रतिनिधिसभाको बैठक आइतबार ११ बजेसम्मका लागि स्थगित भएको छ ।

बिहान ११ बजेका लागि बोलाइएको बैठक बस्दै नबसी सवा १ बजेसम्मका लागि स्थगित भएको थियो । दिउँसो सवा १ बजे पनि बैठक नबसी आइतबार बिहान ११ बजेसम्मका लागि सूचना टाँस गरी बैठक स्थगित गरिएको हो ।

Advertisement:

Ad
Ad

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको बर्खास्तबारे प्रधानमन्त्री केपी शर्मा ओलीले जवाफ नदिएसम्म सदन चल्न नदिने प्रतिपक्षी दलहरूको अडान छ ।

प्रतिपक्षी दलहरूको अवरोध हटाउने विषयमा सभामुख देवराज घिमिरेले प्रमुख राजनीतिक दलका मुख्य र प्रमुख सचेतकहरूसँग छलफल गरिरहनुभएको छ ।

प्रधानमन्त्री ओलीको तर्फबाट संसदमा जवाफ दिने कुनै सूचना प्राप्त नभएको सभामुख घिमिरेको सचिवालयले जनाएको छ ।

यसअघि प्रतिनिधिसभाको हिजो र अस्तिको बैठक पनि प्रधानमन्त्री ओलीले संसद्मा जवाफ दिनुपर्ने प्रतिपक्षी दलहरूको अडानका कारण स्थगित भएको थियो ।