पूर्वविशिष्ट पदाधिकारीलाई दिइने सुविधाबारे गृहमन्त्रीको जवाफ: राज्यकोषलाई भार नपर्ने बनाउँदै छौँ

२०८१ चैत ०४ गते

पूर्वविशिष्ट पदाधिकारीलाई दिइने सुविधाबारे गृहमन्त्रीको जवाफ: राज्यकोषलाई भार नपर्ने बनाउँदै छौँ

काठमाडौँ

पूर्वविशिष्ट पदाधिकारीलाई दिइने सेवा सुविधाबारे गृहमन्त्रीले भने राज्यकोषलाई भार नपर्ने गरी कानुन बनाउँदै छौँ काठमाडौँ । गृहमन्त्री रमेश लेखकले पूर्वविशिष्ट पदाधिकारीको सेवा सुविधाबारे संसद्लाई स्पष्ट पारेका छन् । प्रतिनिधिसभाको बैठकको आकस्मिक, शून्य र विशेष ससमयमा सांसदहरुले उठाएका विषयमा जवाफ दिँदै गृहमन्त्री लेखकले राज्य कोषमा अनावश्यक भार नपर्ने गरी पूर्व विशिष्टहरूलाई सुविधा दिने कानुन बनाउन लागिएको जानकारी गराए।

Advertisement:

Ad
Ad

गृहमन्त्री लेखकले विधेयक निर्माणको प्रारम्भिक कार्य सुरुआत भएको जानकारी गराउँदै सर्वोच्च अदालत, महालेखा परीक्षकको कार्यालय र संसद्को समितिले दिएको निर्देशनलाई पालना गरी कानुन बनाउने तयारी अगाडि बढाएको बताए ।

गृहमन्त्री लेखकले पूर्वविशिष्टहरूले सरकारले बनाएको कानुनका आधारमा सेवा सुविधा लिइरहेको जानकारी गराउँदै संसदबाट कानुन बनाएर सेवा सुविधा दिनका लागि तयारी थालिएको पनि स्पष्ट पारे ।