एकल महिलाहरूलाई बाख्रा वितरण

२०८१ फागुन २१ गते

एकल महिलाहरूलाई बाख्रा वितरण

दार्चुला। दार्चुलामा एकल महिलाहरूलाई बाख्रा वितरण गरिएको छ । जिल्लाको अपि हिमाल गाउँपालिकाले एकल महिलाहरूलाई बाख्रा वितरण गरेको हो । एकल महिला उपाध्यक्ष कार्यक्रम अन्तर्गत सोमबार वडा न. ५ र ६ का ११ जना एकल महिलाहरूलाई आर्थिकरुपमा आत्मनिर्भर बनाउने उद्देश्यले बाख्रा वितरण गरिएको गाउँपालिकाकी उपाध्यक्ष देवकी बोहराले बताइन् ।

दुई वटै वडाका एकल महिलाहरूलाई स्थानीय खरि जातका ३५ वटा बाख्रा वितरण गरिएको गाउँपालिकाकी उपाध्यक्ष बोहराले बताईन् । आर्थिकरुपमा आत्मनिर्भर बनाउने उद्देश्यले एकल महिलालाई बाख्रा वितरण गरिएको उनले बताइन् । बाख्रा पालनबाट एकल महिलालाई आयआर्जनमा टेवा पुग्ने र आर्थिकरुपमा आत्मनिर्भर बनाउने अपेक्षा गरिएको छ ।

Advertisement:

Ad
Ad

उपाध्यक्ष बोहराले पालिका भित्रका महिलाहरूका लागी एकल महिला उपाध्यक्ष कार्यक्रम,गर्भवती महिला पोषण कार्यक्रम,राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत महिलाहरूलाई होमस्टेका लागी तालिम तथा अनुदान जस्ता कार्यक्रम सञ्चालनमा रहेको बताइन् ।

उपाध्यक्ष बोहराले पालिका भित्रका महिलाहरूको आर्थिक अवस्था सुधार तथा आत्मनिर्भर बनाउने उद्देश्यले विभिन्न कार्यक्रमहरू गर्दै आई रहेकी छिन् ।