२०८१ जेठ १७ गते
नेपाल सुनचाँदी व्यवसायी महासँघका अनुसार आज छापावाला सुन प्रतितोला एक लाख ४० हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । त्यसैगरी, तेजावी सुन प्रतितोला एक लाख ३९ हजार ८०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।
बुधबार छापावाला सुन प्रतितोला एक लाख ३८ हजार २०० रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ३७ हजार ५५० रुपैयाँमा खरिदबिक्री भएको थियो।
त्यस्तै यसदिन चाँदीको मूल्य घटेको छ । यसदिन चाँदीको मूल्य एक हजार ९०० रुपैयाँमा किनबेच भईरहेको छ । बुधबार चाँदीको मूल्य प्रतितोलमा एक हजार ९३० रुपैयाँमा खरिदबिक्री भएको थियो ।
प्रतिक्रिया