धितोपत्र बोर्डको अध्यक्षको अन्तरवार्ता शुरु, चिरञ्जीवि चापागाईं आज पनि गएनन

२०८१ मंसिर ०९ गते

धितोपत्र बोर्डको अध्यक्षको अन्तरवार्ता शुरु, चिरञ्जीवि चापागाईं आज पनि गएनन

काठमाडौ नेपाल धितोपत्र बोर्डको अध्यक्षको लागि अन्तरवार्ता शुरु भएको छ । आजको अन्तरवार्तामा बोर्डका कार्यकारी निर्देशक डा. नवराज अधिकारी र नेपाल स्टक एक्स्चेन्जका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर कार्की मात्र उपस्थित भएको अर्थमन्त्रालय स्रोतले जनाएको छ । तत्कालीन बिमा समितिका पूर्वअध्यक्ष चिरञ्जिवी चापागाईं भने अनुपस्थित भएका छन् ।

सर्ट लिस्टमा परेका सन्तोषनारायण श्रेष्ठ र धितोपत्र बोर्डका कार्यकारी निर्देशक मुक्ति श्रेष्ठले यसअघि नै अन्तरवार्ता दिइसकेकोले आज एक जना मात्र उपस्थित भएपनि मान्यता पाउने स्रोतले बताएको छ । यद्यपि आज दुई जना उपस्थित छन् । धितोपत्र ऐनको व्यवस्थाअनुसार छनोट समितिले अध्यक्षका लागि ३ जना सिफारिस गर्नुपर्छ । ती सिफारिस नामबाट एक जना मन्त्रिपरिषद्ले अध्यक्षको लागि छनौट गर्नेछ ।

Advertisement:

Ad
Ad