सिटी एक्सप्रेस मनि ट्रान्सफरको ९ हप्ते चाडबाड अफर, हरेक हप्ता एक लाख उपहार

२०८२ भदौ १७ गते

सिटी एक्सप्रेस मनि ट्रान्सफरको ९ हप्ते चाडबाड अफर, हरेक हप्ता एक लाख उपहार

काठमाडौ । सिटि एक्सप्रेस मनि ट्रान्सफरले  ९ हप्ते चाडपर्व अफर सार्वजनिक गरेको छ ।  नेपालीहरुको महान चाड  दशैँ, तिहार र छठ्लाई लक्षित गर्दै सिटि एक्सप्रेसले पर्वको खुशी साट्न लगातार ९ हप्ता सम्म चल्ने गरी “यो दशैं तिहारमा सिटी एक्सप्रेसको साथ , हरेक हप्ता १ लाख” उपहार योजना घोषणा गरेको छ । उक्त कार्यक्रममा र्चिर्चत हास्य कलाकार साथै सिटी एक्सप्रेसका ब्राण्ड एम्बासडर जितु नेपालको उपस्थिती रहेको थियो । 


सिटी एक्सप्रेसको यो उपहार योजना अन्तर्गत लक्की ड्र मार्र्पmत हरेक हप्ता १ जनालाई रु १ लाख र  हरेक दिन सबैलाई सिटी पे बाट क्याश ब्याक पाउनेछन् । कम्पनीका अनुसार  यो योजना भाद्र १६ देखी कार्तिक १५ गते सम्म लागू हुनेछ । यो अवधिभरी सिटी एक्सप्रेस मार्फत विदेशबाट पैसा पठाउने सम्पूर्ण सेवाग्राही उपहार योजनामा सहभागी हुनेछन् । यस उपहारको विजेता छनौट गर्दा विद्युतीय प्रणालीद्वारा गरिनेछ र यो योजना सिटी एक्सप्रेसमा कार्यरत कुनै पनि कर्मचारीलाई लागु हुने छैन ।

Advertisement:

Ad
Ad

 

सिटी एक्सप्रेस मनि ट्रान्सफरले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउदै बिगत १९ वर्ष देखि संसारभरबाट  विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ । हालै सिटी एक्सप्रेस मनि ट्रान्सफरले सिटी पे वालेट मार्फत अनलाइन भुक्तानीको सेवा सुचारु गरेको छ साथै सिटी पे बाट रेमिटेन्स भुतmानी पनि गर्न सकिन्छ ।