संस्थापक समुहको सेयर 'लकइन' मै रहेको सिटी होटलको प्रष्टिकरण

२०८३ वैशाख २३ गते

संस्थापक समुहको सेयर 'लकइन' मै रहेको सिटी होटलको प्रष्टिकरण

काठमाडौं । सिटी होटलले संस्थापक समूहको सेयर लक इन अवधिमै रहेको स्पष्ट पारेको छ । संस्थापक सेयर बिक्रीबारे बजारमा फैलिएको समाचारको खण्डन गर्दै लक इन मा रहेको प्रष्ट्याएको हो । कम्पनीले प्रेस विज्ञप्ति जारी गर्दै संस्थापक सेयर ‘लकइन’ अवधिमै रहेको र नियमविपरीत बिक्री गरिएको भन्ने दाबी पूर्णतः गलत, भ्रामक र तथ्यहीन भएको स्पष्ट पारेको छ ।

कम्पनीका सचिव सुन्दरबहादुर सेनीद्वारा जारी विज्ञप्तिअनुसार, सिडिएस एन्ड क्लियरिङको अद्यावधिक विवरणले संस्थापक र कर्मचारी समूहका कुल २ करोड ७२ लाख १९ हजार ३२८ कित्ता सेयर अझै लकइनमा रहेको देखाएको छ । यो परिमाण कम्पनीको कुल जारी सेयरको ९०.४० प्रतिशत हो । उक्त सेयरहरू आगामी २०८३ जेठ ४ गतेसम्म लकइनमा रहने कम्पनीले जनाएको छ ।

Advertisement:

Ad
Ad

विज्ञप्तिमा भनिएको छ, 'लिलाम प्रक्रियामा लगानीकर्ताहरूले न्यूनतम १०० रुपैयाँभन्दा माथि बोलकबोल गरी सेयर खरिद गरेका हुन्,२०८२ कात्तिक १६ मा प्रकाशित सार्वजनिक सूचनामै संस्थापक तथा कर्मचारीतर्फका सेयरहरू २०८३ जेठ ४ सम्म लकइनमा रहने व्यहोरा स्पष्ट पारिएको थियो ।’