२०८३ असार २४ गते
काठमाडौँ। बुधबार शेयर बजारमा दोहोरो अंकको गिरावट देखिएको छ। अघिल्लो दिनको सकारात्मक यात्रालाई निरन्तरता दिन नसकेको नेप्से यस दिन करेक्सनतर्फ फर्किएको हो। लगानीकर्ताले अपेक्षा गरेअनुसार मौद्रिक नीतिबाट ठूलो नीतिगत परिवर्तन नदेखिएपछि बजारमा केही सावधानी देखिएको अनुमान गरिएको छ।
यस दिन नेप्से परिसूचक ३०.०९ अंकले घट्दै २६२१.५९ विन्दुमा झरेको छ। यद्यपि, कारोबार गतिविधि भने उत्साहजनक रह्यो। बुधबार ४ अर्ब ८२ करोड रुपैयाँभन्दा बढीको शेयर किनबेच भएको छ।
कारोबारमा आएका अधिकांश उपसमूह दबाबमा रहे पनि लगानीकर्ताको सहभागिता भने कायम देखिएको छ। बजारको आगामी दिशा मौद्रिक नीतिको प्रभाव र लगानीकर्ताको मनोविज्ञानमा निर्भर रहने देखिएको छ।
प्रतिक्रिया