चार करोडको घर शिल्पालाई बुझाएर निर्माता छबी कोठामा,टुंगियो अंश मुद्दा

२०८१ माघ ०७ गते

चार करोडको घर शिल्पालाई बुझाएर निर्माता छबी कोठामा,टुंगियो अंश मुद्दा

काठमाडौँ । निर्माता छवि ओझा र अभिनेत्री शिल्पा पोखरेल बीचको अंश मुद्दा टुंगिएको छ। छविले शिल्पालाई काठमाडौंको गौरीघाटमा रहेको चार करोड मूल्यको घर दिने सहमति गरेसँगै अंश मुद्दा टुंगिएको बताइएको छ ।

श्रीमतीलाई घर दिएपछि छवि अहिले डेरामा बस्दै आएको स्रोतले बताएको छ ।विवाह लामो समय टिक्न नसकेपछि उनीहरु अलग बस्दै आएका थिए । श्रीमतीसँगको अंशमुद्दा टुंगिएपछि छवि फेरि चलचित्रमा कमब्याक गर्न लागेका छन् । उनले ‘मंगलम २’ नामक चलचित्रको घोषणा गरिसकेका छन् ।

Advertisement:

Ad
Ad

शिल्पालाई बिहे गर्नुअघि छविले नायिका रेखा थापालाई विवाह गरेका थिए तर उक्त विवाह पनि लामो समय टिक्न सकेन अन्ततः सम्वन्ध बिच्छेद गरेर दुई अलग भएका थिए । रेखासँगको सम्वन्ध बिग्रिएपछि छविले चौथी श्रीमतीको रुपमा शिल्पालाई विवाह गरेका थिए । शिल्पासँग पनि विहेको केही समयमै कुटाकुट भएको भन्दै समाचारहरु बाहिरिएको थियो ।