बुध्द एयरको 'भ्यालेन्टाइन डे' स्पेशल अफर,एक टिकटमा अर्को सित्तैमा

२०८१ माघ २७ गते

बुध्द एयरको 'भ्यालेन्टाइन डे' स्पेशल अफर,एक टिकटमा अर्को सित्तैमा

काठमाडौं । फेब्रुअरी १४ को दिनमा मनाइने भ्यालेन्टाइन डे अर्थात प्रणय दिवसलाई थप स्मरणीय बनाउन बुध्द एयरले अफर ल्याएको छ । बुध्दले पर्वतीय उडानमा एक टिकटमा अर्को सित्तैमा दिएको छ।

यस अफरमा बुध्द एयरले एकजना यात्रुलाई झ्याल र अर्कोलाई त्यससँगैको सिट दिनेछ । पर्वतीय उडानमा सगरमाथा, नुप्त्से, ल्होत्से, मकालु, गौरीशंकरलगायत थुप्रै हिमश्रृंखला अवलोकन गर्न सकिन्छ ।उडानमा जोडी यात्रुलाई चकलेट, गुलाफको फूल तथा चियाको मीठो खाजा खानाका लागि डिस्काउण्ट भउचर दिइने बुध्द एयरले जनाएको छ ।

Advertisement:

Ad
Ad

यसैगरि गोलाप्रथाबाट छानिने तीनजना जोडी यात्रुका लागि दलाई(ला(बुटिक होटलमा दुई दिन एक रातको प्याकेज तथा अन्य सबै यात्रुहरुका लागि डिस्काउण्ट भउचर प्रदान गर्ने बुध्द एयरले जनाएको छ।

५ जना जोडी यात्रुलाई चन्द्रागिरि केबलकारको आउजाउ टिकट उपलब्ध गराइने जनाउँदै बुध्द एयरले यस अफरको टिकट बुध्द एयरको काउण्टरबाट लिन सकिने जनाएको छ ।