२०८२ असार ०८ गते
काठमाडौ । बैंकिङ कसुरमा जनमत पार्टीकी लुम्बिनी प्रदेशसभा सदस्य सुमन शर्मा रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।
पर्साको पोखरिया बस्ने आशा कुमारी चौहानले बैंकिङ कसुरमा उनीविरुद्ध जिल्ला प्रहरी कार्यालय पर्सामा उजुरी दिएको आधारमा उनलाई पक्राउ गर्न खोजिएको हो । समानुपातिक प्रदेशसभा सदस्य शर्माविरुद्ध जिल्ला अदालत पर्साबाट जेठ १६ गते नै पक्राउ पुर्जी जारी भएपनि उनी फरार थिइन् । गत जेठ १६ गते नै जिल्ला अदालत विरगंजले उनलाई पक्राउ गरी अनुसन्धान गर्न प्रहरीलाई आदेश दिएको थियो ।
अदालतको आदेशअनुसार सुमनको घरमा खानतलासी गरी पक्राउ गरी बुझाइदिन भन्दै पर्सा प्रहरीले असार ३ गते बर्दिया प्रहरीलाई पत्राचार गरेको हो । पर्सा प्रहरीका अनुसार रायमाझीले चौहानसँग साढे ५ लाख रुपैयाँ सापटी लिएकी थिइन्। रकम फिर्ता मागेपछि रायमाझीले दुई पटक चेक दिएको अनुसन्धानबाट खुलेको छ। तर चेक बाउन्स भएको थियो।
प्रतिक्रिया