बेलायतको बर्मिङ्घम सिटी युनिभर्सिटीमा छात्रवृत्तिमा अध्ययनको अवसर

२०८१ मंसिर ०७ गते

बेलायतको बर्मिङ्घम सिटी युनिभर्सिटीमा छात्रवृत्तिमा अध्ययनको अवसर

काठमाडौँ । बेलायतको बर्मिङ्घम सिटी युनिभर्सिटीमा नेपाली विद्यार्थीहरुलाई विशेष छात्रवृत्तिमा अध्ययनको अवसर हुने भएको छ । नेपाल – स्पाई ओभरसिज र बर्मिङ्घम सिटी युनिभर्सिटीको संयुक्त प्रयासमा यो अवसर प्रदान गरिने जानकारी गराइएको छ । उक्त कलेजमा स्नातक, स्नातकोत्तर, र मास्टर्स अफ रिसर्च जस्ता विशेष कार्यक्रमहरूमा आवेदन दिन सकिने र विद्यार्र्थीहरुले डिपेन्डेन्टमा समेत आफ्नो पार्टनरलाई लैजान सक्नेछन् ।

बर्मिङ्घम सिटी युनिभर्सिटीका भारत तथा नेपालका कन्ट्री हेड श्रीष्टी बिर्लाका अनुसार युनिभर्सिटीमा विश्वस्तरिय शिक्षा, नविनतापूर्ण सिकाइ वातावरण, र विविधतायुक्त रहेको छ ।यो विश्वविद्यालय अन्तर्राष्ट्रिय विद्यार्थीहरूको लागि उत्कृष्ट गन्तव्य मानिदै आएको उनको तर्क छ । त्यसैगरी स्पाई ओभरसिजका प्रिन्सिपल एडभाइजर सुवांसु उप्रेतीले नेपाली विद्यार्थीहरूलाई अन्तर्राष्ट्रियस्तरको शिक्षा र छात्रवृत्तिको पहुँच दिन आफूहरुले सबैखाले परामर्श दिन तयार रहेको बताए ।

Advertisement:

Ad
Ad