नेपालमा संसद विघटन गरे बङ्गलादेशको हालत हुन्छ : कांग्रेस नेता शंकर तिवारी

२०८२ भदौ २५ गते

नेपालमा संसद विघटन गरे बङ्गलादेशको हालत हुन्छ : कांग्रेस नेता शंकर तिवारी

काठमाडौं राजनीतिक विश्लेषक एवम कांग्रेस नेता शंकर तिवारीले संसद विघटन गर्ने संविधान कुल्चने काम गर्न नहुने प्रतिक्रिया दिएका छन्

सामाजिक संजालमार्फत उनले भने,‘संसद्लाई अन्देखा गरेर अन्तरिम सरकार गठन गर्ने हो भने बङ्गलादेशको हालत हुन्छबङ्गलादेशमा १३ महिनासम्म चुनाव हुन सकेको छैननेपाली सेनालाई पनि लामो समयसम्म त्यस्तो अवस्था  गल्पासो साबित हुनेछ ।’

Advertisement:

Ad
Ad

त्यस्तै उनले ठूलो दुःखले आर्जेको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान भएको त्यो पनि संविधान सभाले लेखेको संविधान भएको औंल्याउँदै शान्ति सुरक्षा कायम गर्न सहयोग गर्नुपर्ने पनि बताएका छन्

उनले लेखेका छन्,‘खबरदार ! खबरदा !! खबरदार !!!

.६२६३ को त्यत्रो शान्तिपूर्ण जनआन्दोलनपछि संसद पुनस्थापना गरिएको थियोसबै पक्ष सर्वपक्ष हट्ने एउटा संवादको थलो अर्थात् संसद चाहिन्छ।

 संसद्लाई अन्देखा गरेर अन्तरिम सरकार गठन गर्ने हो भने बङ्गलादेशको हालत हुन्छबङ्गलादेशमा १३ महिनासम्म चुनाव हुन सकेको छैन ।  नेपाली सेनालाई पनि लामो समयसम्म त्यस्तो अवस्था  गल्पासो साबित हुनेछ

.संसद विघटन गर्ने संविधान कुल्चने  दुसाहस नहोस्  ।

.ठूलो दुःखले आर्जेको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान होत्यो पनि संविधान सभाले लेखेको संविधान हो।

. देशका दलित उत्पीडित महिला आदिवासी जनजाति कर्णाली मधेश फेरि जाग्नु नपरोस्

. राष्ट्रिय सम्पत्तिको सर्वविनाश भइसकेको छ। शान्ति सुरक्षा कायम गर्न सहयोग गरौं।  जनजीवन सामान्य बनाउन पहल गरौं।

. धैर्य गरौँ, सयमित रहौँ। खबरदारी गर्दै रहौँ।