बन्द भएको शेयर बजारको कारोबार आजदेखि खुल्ने

२०८१ असोज २९ गते

बन्द भएको शेयर बजारको कारोबार आजदेखि खुल्ने

काठमाडौं । दसैंका कारण बन्द भएको शेयर बजारको कारोबार आजदेखि खुल्ने भएको छ । असोज २३ गते अन्तिम कारोबार भएको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आजदेखि खुल्ने भएको हो ।

असोज २४ गते फूलपातीदेखि सबैजसो सरकारी कार्यालय बन्द भएका थिए । सोहीक्रममा नेप्सेको कारोबार समेत बन्द भएको थियो । आजदेखि सबै सरकारी कार्यालय खुल्ने भएकाले नेप्सेको कारोबार समेत खुल्ने छ । दसैंको ५ दिने अन्तिम कारोबारका दिन नेप्से परिसूचक ४।८५ अंकले बढेर बन्द भएको थियो । परिसूचक ०।१८ प्रतिशतले बढ्दा परिसूचक २६६८ अंकमा पुगेको थियो ।

Advertisement:

Ad
Ad

त्यसअघि असोज २२ गते परिसूचक २७ अंकले घटेको थियो भने असोज २१ गते ३७ अंकले बढेको थियो । यस्तै असोज २० गते आइतबार परिसूचक ५६ अंकले उकालो लागेको थियो ।

आज मंगलबादेखि खुल्ने बजार यो साताका कूल ३ दिन कारोबार हुनेछ । भोली बुधबार र पर्सि बिहीबार समेत नेप्सेको कारोबार खुल्नेछ । दसैं अघि बढेर बन्द भएको नेप्से परिसूचक यो साता कस्तो प्रर्दशन गर्नेछ भन्ने देख्नै बाँकी छ ।