२०८१ फागुन १९ गते
काठमाडौँ। बलेफी हाइड्रोपावरले लिलामी शेयरमा आवेदन दिने आज अन्तिम मिति रहेको छ । उक्त कम्पनीले फागुन ५ गते सोमबार १७ लाख ९८ हजार ६५६ कित्ता शेयरको लागि आवेदन खुला गरेको थियो।
आज सोमबार,फागुन १९ गतेसम्म कार्यालय समयभित्र गानीकर्ताले बलेफी हाइड्रोपावरको लिलामीमा आवेदन दिन सक्ने छन् ।
जसमा कम्पनीले संस्थापक समूहको ६ लाख ७६ हजार १९१, सर्वसाधारण समूहको लकइनमा रहेको ५ लाख ८ हजार ८९२ र सर्वसाधारण समूहको लकइनमा नरहेको ६ लाख १३ हजार ५७३ कित्ता सेयर लिलाममा बिक्री खुला गरेको हो । यो लिलामी सेयरमा न्यूनतम १०० कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ । यस लिलामीमा लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर प्रतिस्पर्धात्मक बोलपत्रमा सहभागी हुनुपर्नेछ ।
प्रतिक्रिया