२०८१ माघ ०२ गते
काठमाडौ । भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश २०८१ जारी भएपछि काठमाडौ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले सरकारलाई कटाक्ष गर्दै सामाजिक सञ्जालमार्फत कटाक्ष पोखेका छन् ।
राष्ट्रपति रामचन्द्र पौडेलले भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ जारी गरे लगत्तै मेयर बालेन साहले टिप्पणी गरेका हुन् । मेयर शाहले आफ्नो फेसबुकमा लेखेका छन्, ‘अब खोला मात्र हैन टुँडिखेल, खुलामञ्च पनि आफ्नो कार्यकर्तालाई दिने अध्यादेश पास भएछ ।’ ‘बधाई छ, सरकारमा रहेका कार्यकर्ताहरुलाई ।’
उनले प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाको फोटो राख्दै आफ्नो फेसबुकमा भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश २०८१ माथि टिप्पणी गरेका हुन् ।
प्रतिक्रिया