२०८१ साउन १३ गते
काठमाडौँ । बालाजु चोकस्थित माछापुच्छ्रे बैंकको एटीएम फुटाउँदै गर्दा एक युवक पक्राउ परेका छन् । आइतबार अपरान्ह काठमाडौंको रौतहट घर भई कलंकी बस्दै आएका १८ वर्षीय राधेश्याम बैठाले बालाजुमा रहेको माछापुच्छ्रे बैंकको एटीएम फुटाउन खोज्दै गर्दा प्रहरीले पक्राउ गरेको हो ।
प्रहरी पुग्दा फलामको रडले एटीएम प्रहार गर्दै गरेको अवस्थामा ती युवक पक्राउ परेका थिए । पक्राउ परेका युवकमाथि बालाजु प्रहरीले अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया