बैंकहरुले तीन महिनामै कमाए १६ अर्ब बढी नाफा, कुन बैंकको नाफा कति ?

२०८१ कात्तिक ०७ गते

बैंकहरुले तीन महिनामै कमाए १६ अर्ब बढी नाफा, कुन बैंकको नाफा कति ?

काठमाडौ । आर्थिक सुस्तताका विच पनि बैंकहरुले पहिलो त्रैमासमा १६ अर्ब रुपैयाँ भन्दा बढी नाफा कमाएका छन् । चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो त्रैमास (साउन देखि असोजमसान्तसम्म) मा बैंकहरुले औषतमा २१.६३ प्रतिशतले नाफा बढाएका छन् । २० वटा (क वर्गका) बाणिज्य बैंकहरुको नाफा १६ अर्ब २३ करोड १९ लाख रुपैयाँ पुगेको छ । गत वर्ष (२०८०/८१ को पहिलो त्रैमास ) को यसै अवधिमा भने बैंकहरुको नाफा १३ अर्ब ३४ करोड ४८ लाख रुपैयाँ थियो ।

१२ वटा बैंकको नाफा बढेको छ भने ८ वटा बैंकको नाफा घटेको छ । विशेष गरी सरकारी स्वामित्वको कृषि विकास बैकको नाफामा सबैभन्दा बढी गिरावट देखिएको छ । सरकारी स्वामित्वकै अर्को बैंक राष्ट्रिय बाणिज्य बैंकको नाफा पनि ८२.४० प्रतिशतले खुम्चिएको छ । यता सरकारी स्वमित्वकै नेपाल बैंकको नाफा भने ३२२ प्रतिशतले बढेको छ ।

Advertisement:

Ad
Ad

नाफामा नबिल अगाडी, ग्लोबल आइएमइ बैंक पनि सँगसँगै २० वटा बैंकहरुमध्ये नाफा कमाउँनेको एक नम्बरको सुचिमा नबिल बैंक नै रहेको छ । विगत केही समय यता नबिलले एक नम्बरको स्थान सुरक्षित गर्दै आएको छ । नबिल सँगसँगै ग्लोबल आइएमई बैंकको नाफा पनि बढीरहेको छ । नाफाका आधारमा दोस्रो स्थानमा परेको ग्लोबल आइएमईले पहिलो त्रैमासमा साढे १ अर्ब भन्दा बढी नाफा कमाएको छ । यो नाफा गत वर्षको यसै अवधिको तुलनामा २३.३६ प्रतिशतले बढी हो । नाफा प्रतिशतका आधारमा हेर्दा सबैभन्दा राम्रो मेहनत सिद्धार्थ बैंकले गरेको छ । यसले नाफा ७९१ प्रतिशतले बढाएको छ । यद्यपि, यसको नाफा आधा अर्ब भनदा कम छ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, हिमालयन बैंक, माछापुछ्रे बैंक, एनआइशी एशिया बैंकको नाफा घटेको छ । एभरेष्ट बैंकले पनि नाफा ४४ प्रतिशतले बढाएको छ । बैंकका सिइओ सुदेश खालिङले बैंकहरु ऋण प्रवाह भन्दा पनि कर्जा असुलीमा केन्द्रित हुदा नाफा बढेको बताउँछन् । उनी भन्छन, ‘नयाँ कर्जा खासै प्रवाह हुन सकेन । तर पनि लगानीमा रहेको कर्जा असुलीमा सबै बैंकले मेहनत गरेका छन् । यसले पनि नाफा बढाएको छ ।’

यता एनआइशी एशिया बैंकले ११ करोड रुपैयाँ अर्थात सबैभन्दा कम नाफा कमाएको छ ।

कुन बैंकको नाफा कति ?