चीनमा लगातार भारी वर्षा भइरहेको जानकारी गराउँदै सावधान रहन जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकको सूचना

२०८२ असार २४ गते

चीनमा लगातार भारी वर्षा भइरहेको जानकारी गराउँदै सावधान रहन जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकको सूचना

काठमाडौं । जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले चीनको तिब्बत क्षेत्रको न्यालममा लगातार भारी वर्षा भइरहेको जानकारी गराउँदै  जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले भोटेकोशी र सुनकोशी नदी आसपासका क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ।


प्रशासनद्वारा जारी सूचनामा भनिएको छ, ‘भोटेकोशी र सुनकोशी नदी आसपासका क्षेत्रमा संभावित जोखिमलाई मध्यनजर गर्दै त्यहाँका बासिन्दालाई सतर्कता अपनाउन र अरनिको राजमार्गको बन्देउदेखि लिपिङ खण्डसम्म सवारी साधन चलाउँदा विशेष ध्यान दिन अनुरोध गरिएको छ।’

Advertisement:

Ad
Ad


यसअघि मंगलबार बिहान रसुवास्थित नेपाल–चीन सीमाको ल्हेन्दे खोलामा आएको भीषण बाढीमा परी १८ जना बेपत्ता भएका छन् भने करोडौाको धनमालमा ्र्रक्षति पुगेकोछ  ।