इरानमा रहेका १६ नेपालीमध्ये ११ जना भोलिसम्म भारत आइपुग्छन् : मन्त्री राणा

२०८२ असार ०९ गते

इरानमा रहेका १६ नेपालीमध्ये ११ जना भोलिसम्म भारत आइपुग्छन्  : मन्त्री राणा

काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणाले इरानमा १६ जना नेपाली रहेको भन्दै ११ जना भोलिसम्म भारत आइपुग्ने जानकारी दिएकी छिन् । सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले भारतको परराष्ट्र मन्त्रालयको सहयोगमा ११ जन नेपाली उद्दार गर्न लागेको भन्दै गैरकानूनीरूपमा गएर जेलमा रहेका अन्य पाँच जनाको पनि उद्दारको पहल गरिरहेको बताइन् । 
 

उनले भनिन्, 'जम्मा १६ जना इरानमा नेपाली हुनुहुन्छ । हामीले भारतको परराष्ट्र मन्त्रालयलाई आग्रह गरेको थियौं । उहाँहरुले आफ्नो नागरिकलाई हवाइजहाज पठाएर उद्दार गर्दै हुनुहुन्छ । त्यसमा नेपालीहरुलाई पनि ल्याइदिन्छु भन्नुभएको छ । ११ जना नेपाली मसाद भन्ने ठाउँमा पुग्नुभएको छ । आशा छ भोलिसम्म उहाँहरु भारत आइपुग्नुहुन्छ । इरानमा अन्य पाँच जना नेपाली गैरकानूनीरूपमा गएकाले इरानको जेलमा हुनुहुन्छ । उहाँहरुलाई पनि उद्दार गरेर ल्याउन सकिन्छ कि भनेर प्रयास गरिरहेको छौं ।’ 
 

Advertisement:

Ad
Ad