नेप्सेमा झिनो अंकको वृद्धि, कारोबार रकम ९ अर्ब ५० करोड

२०८२ असार २२ गते

नेप्सेमा झिनो अंकको वृद्धि, कारोबार रकम ९ अर्ब ५० करोड

काठमाडौँ।  साताको पहिलो कारोबार दिन शेयर बजारमा झिनो अंकको वृद्धि भएको छ।  आज शेयर बजार २.४० अंकले बढेर २७०६.३६ बिन्दुमा पुगेको छ। यस दिन २ करोड ७१ लाख कित्ता खरिद विक्री हुँदा ९ अर्ब ५० करोड बराबर रकमको कारोबार भएको छ।  

आइतबार नेप्सेका १३ उपसमूह मध्य ८ उपसमूहका परिसूचक बढेका छन् भने अन्य पाँच उपसमूहको परिसूचक घटेका छन्। आज सर्वाधिक बढ्ने उपसमूहमा अन्य उपसमुह रह्यो जसको परिसूचक ३.०९ प्रतिशतले बढेको छ। त्यसैगरी सर्वाधिक घट्ने उपसमूहमा विकास बैंक उपसमूह रहेको छ जसको परिसूचक १.४९ प्रतिशतले घटेको छ। 

Advertisement:

Ad
Ad

यस दिन ८७ कम्पनीको शेयर मूल्यमा वृद्धि भएको छ भने १६२ कम्पनीको शेयर मूल्य घटेको छ। सोमबार कारोबार रकमको आधारमा सर्वाधिक कारोबार हुनेमा नेपाल रिइन्स्योरेन्स कम्पनी रह्यो ४९ करोड ५० लाख बराबरको शेयर किनबेच भएको छ। त्यस्तै शेयर भोल्युमको आधारमा सर्वाधिक कारोबार हुनेमा एन एम बि शुलभ इन्भेस्टमेन्ट फन्ड-२ को शेयर रह्यो जसको ५१ लाख ५६ हजार कित्ता आज कारोबार भएको छ। 

आज सर्वाधिक वृद्धि हुने स्टकमा नेपाल फाइनान्स लिमिटेड रह्यो जसको शेयरमा सकारात्मक उछाल आएको छ। त्यसै गरी सर्वाधिक घट्ने स्टकमा गुडविल फाइनान्सको डिबेन्चर रह्यो जसको शेयर ८.८७ प्रतिशतले घटेको छ।