२०८२ असार ०४ गते
काठमाडौँ। बुधबार शेयर बजार झिनो अङ्कले घटेको छ। यस दिन नेप्से परिसूचक १.०७ अङ्कले घटेर २६५३.६८ विन्दुमा पुगेको छ। नेप्से परिसूचक घटेसंगै मंगलबार कारोबार रकम पनि घटेको छ। अघिल्लो कारोबार दिन ७ अर्ब ६५ करोड बराबरको कारोबार भएकोमा यस दिन भने ९ अर्ब आठ करोड बराबरको कारोबार भएको छ।
यस दिन ८८ कम्पनीको शेयर मूल्य बढेको छ भने अन्य १५९ कम्पनीको शेयर मूल्य घटेको छ । बुधबार सर्वाधिक वृद्धि हुने कम्पनीमा प्योर इनर्जी लिमिटेड रहेको छ जसको शेयरमा सकारात्मक सर्किट लागेको छ । त्यसै गरी आज सर्वाधिक घट्ने कम्पनीमा कर्पोरेट देभ्लपमेन्ट बैंक रहेको छ जसको शेयर मूल्य दश प्रतिशतले घटेको छ।
यस दिन कारोबार रकमको आधारमा सर्वाधिक कारोबार गर्नेमा सानिमा माई हाइड्रोपावर रह्यो जसको ७१ करोड ७८ लाख रुपैंया बराबरको शेयर किनबेच भएको छ। त्यसै गरी भोल्युमको आधारमा सर्वाधिक कारोबार गर्नेमा ग्लोबल आइएमइ ब्यालेन्सड फन्ड रह्यो जसको २८ लाख ४५ हजार ८ सय दुई कित्ता कारोबार भएको छ।
प्रतिक्रिया