२०८२ भदौ १६ गते
काठमाडौं । सोमबार बिहान अफगानिस्तानमा ६ रेक्टर स्केलको भूकम्प जाँदा ५०० भन्दा बढीको मृत्यु र एक हजारभन्दा बढी घाइते भएका छन्। कुनार प्रान्तका नुर गुल, सोकी, वाटपुर, मानोगी र चापा दर्रा जिल्ला बढी प्रभावित भएको बताइएको छ।
नंगरहारमा मात्रै ९ जनाको मृत्यु पुष्टि भएको छ। कमजोर घर भत्किँदा र पहिरोले सडक अवरुद्ध हुँदा उद्धारमा कठिनाइ आएको छ।
६ रेक्टरको प्रारम्भिक भूकम्पपछि ४.७, ४.३ र ५.० रेक्टरका पराकम्प पनि अनुभव भएका छन्। पाकिस्तानका केही क्षेत्रमा समेत धक्का महसुस गरिएको छ।
अफगान अधिकारीहरूले तत्काल अन्तर्राष्ट्रिय सहयोगको आह्वान गरेका छन्।
एएनआई
प्रतिक्रिया