२०८१ चैत १८ गते
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछाने करिव ६ महिनापछि पूनः सक्रिय राजनीतिमा फर्किएका छन् । आज लामिछाने लामो समयपछि राष्ट्रिय स्वतन्त्र पार्टीको कन्द्रीय कार्यालय बालाजुमा उपस्थित भए । सहकारी ठगी प्रकरणमा मुछिएर मुद्दा मामिला खेपिरहेका लामिछाने धरौटीमा रिहा भएपछि केही समय यता मौन जस्तै रहेका थिए । सोमबार पार्टी कार्यालयमा सयौँ समर्थकका बीच उभिएर लामिछानेले भ्रष्टाचार गर्नेहरुलाई टुलुटुलु हेरेर बस्न नसकिने बताए ।



प्रतिक्रिया