४७औं अमेरिकी राष्ट्रपतिको रूपमा डोनाल्ड ट्रम्पद्वारा शपथ ग्रहण

२०८१ माघ ०८ गते

४७औं अमेरिकी राष्ट्रपतिको रूपमा डोनाल्ड ट्रम्पद्वारा शपथ ग्रहण

काठमाडौँ। डोनाल्ड ट्रम्पले ४७ औँ अमेरिकी राष्ट्रपतिको रूपमा शपथ ग्रहण गरेका छन् । शपथ ग्रहण गर्दै ट्रम्पले अमेरिकालाई एक शक्तिशाली र समृद्ध राष्ट्रको रूपमा पुनः उभ्याउने आफ्नो योजना प्रकट गरे । उनले राष्ट्रको भविष्यको प्रगतिको लागि कडा प्रयास गर्ने र अमेरिकालाई नयाँ उच्चतामा पुर्याउने आफ्नो प्रतिबद्धता व्यक्त गरेका छन् ।

ट्रम्पले आफ्नो शपथ ग्रहण समारोहमा अमेरिकाका नागरिकलाई एकताबद्ध भएर काम गर्नको लागि आह्वान गरे । उनले आफ्नो कार्यकालमा अमेरिकाको आर्थिक र सामाजिक सुधारसँगै राजनीतिक क्षेत्रको नयाँ दिशा तय गर्ने प्रतिवद्धता व्यक्त गरे। अमेरिकी लोकतन्त्रको महत्वलाई पुनः प्रमाणित गर्दै, देशको आगामी यात्रा र नेतृत्वको एक नयाँ अध्यायको शुरुआत गर्ने उनले दोहोर्याए ।

Advertisement:

Ad
Ad