प्रदर्शनकारीको कब्जामा राज्यको तीन प्रमुख निकाय : संसद,सिंहदरबारपछि सर्वोच्च अदालत

२०८२ भदौ २४ गते

प्रदर्शनकारीको कब्जामा राज्यको तीन प्रमुख निकाय : संसद,सिंहदरबारपछि सर्वोच्च अदालत

काठमाडौँ ।  ‘जेनजी पुस्ता’को प्रदर्शनका क्रममा सर्वोच्च अदालतमा आगजनी  भएको छ । प्रदर्शकारीहरुले सर्वोच्च अदालतमा रहेको गाडीहरूमा तोडफोड गरी आगजनी गरेको सर्वोच्च अदालतका सहप्रवक्ता निराजन पाण्डेले जानकारी दिए ।

आन्दोलनकारीले महान्यायाधिवक्ता कार्यालयमा समेत तोडफोड र आगजनी गरेका छन् । त्यस्तै, विशेष अदालत र जिल्ला अदालत काठमाडौँमा समेत आगजनी गरेका छन् ।

Advertisement:

Ad
Ad

महान्यायाधिवक्ता कार्यालय, विशेष अदालत, जिल्ला अदालत काठमाडौँका मुद्दाका कागजात बाहिर निकालेर समेत आगजनी गरिएको छ । रासस