व्यवस्थापनको दवावपछि युनाईटेड अजोड इन्स्योरेन्सका सिईओ गौतमले दिए राजिनामा

२०८२ माघ ०७ गते

व्यवस्थापनको दवावपछि युनाईटेड अजोड इन्स्योरेन्सका सिईओ गौतमले दिए राजिनामा

काठमाडौँ ।  युनाईटेड अजोड इन्स्योरेन्स कम्पनीका सिईओ कमल गौतमले राजिनामा दिएका छन् । व्यवस्थापनबाट राजीनामा लागि दवाव आएपछि गौतमले राजीनामा दिएका हुन् ।

 

Advertisement:

Ad
Ad

व्यवस्थापनको निर्देशन अनुसार काम नगरेको भन्दै चार वर्षको कार्यसम्पादन सम्झौता हुँदाहुँदै पनि उनलाई बिना क्षतिपूर्ति राजीनामा गर्न दबाब दिइएको बुझिएको छ । सिजी ग्रुपसम्बद्ध सञ्चालक विपिन सुवेदी र कर्मचारी बलराम खनालको भूमिकामा गौतमलाई काम गर्न कठिन बनाइएको स्रोतको दाबी छ। 

 

सोमबार बसेको सञ्चालक समितिको बैठकले गौतमको राजीनामा स्वीकृत गरेको हो। यो घटनाले युनाइटेड अजोडको अब आउने कार्यकारीलाई पनि दवावकै बीच काम गर्नुपर्ने बाध्यकारी अवस्था सृजना हुने देखिएको छ । यसले कम्पनीको पारदर्शिता र सुशासनमा आँच पुग्ने कर्मचारीहरु बताउँछन् ।