राष्ट्रिय ट्रमा सेन्टरमा रहेका ३० जनाको अवस्था जटिल,ओपीडी बन्दै गर्दे घाइतेहरुको मात्र उपचार गर्ने

२०८२ भदौ २४ गते

राष्ट्रिय ट्रमा सेन्टरमा रहेका ३० जनाको अवस्था जटिल,ओपीडी बन्दै गर्दे घाइतेहरुको मात्र उपचार गर्ने

काठमाडौँ । सोमबारको जेनजी आन्दोलनमा गम्भीर घाइते भएका बिरामीको उपचारका लागि राष्ट्रिय ट्रमा सेन्टरले आफ्नो नियमित सेवा बन्द गरेको छ। अस्पताल प्रशासनका अनुसार हाल केन्द्रमा उपचाररत ३० जना भन्दा बढी बिरामीको अवस्था गम्भीर छ, जसका लागि आकस्मिक शल्यक्रिया आवश्यक परेको छ।

अस्पताल प्रमुख डा. बद्री रिजालका अनुसार ती बिरामीहरूमध्ये धेरैलाई छाती, पेट, टाउको तथा हातखुट्टामा गम्भीर चोट लागेको छ। '३० भन्दा बढीको शल्यक्रिया आवश्यक परेको छ,' डा. रिजालले बताए, 'त्यसैले आजको लागि ओपीडी सेवा र पूर्व निर्धारित सबै शल्यक्रिया स्थगित गरिएको छ।'

Advertisement:

Ad
Ad

ट्रमा सेन्टरमा अहिले सोमबार प्रदर्शनका क्रममा घाइते भएका बिरामीको मात्र उपचार भइरहेको छ। डा. रिजालका अनुसार सोमबार राति ११ जनाको आकस्मिक शल्यक्रिया गरिएको थियो। 'हिजो रातिदेखि नै हाम्रो टिम लगातार उपचारमा जुटेको छ। अहिले सबैभन्दा पहिले ज्यान जोगाउने प्रयास भइरहेको छ,' उनले भने।