‘पर्यटक’ बनेर आए, मध्यरातमा ठमेलमा बाटो छेकेर अश्लील प्रस्ताव गर्न थालेपछि ४३ युगाण्डेली महिला डिपोर्ट

२०८३ असार ०२ गते

‘पर्यटक’ बनेर आए, मध्यरातमा ठमेलमा बाटो छेकेर अश्लील प्रस्ताव गर्न थालेपछि ४३ युगाण्डेली महिला डिपोर्ट

काठमाडौँ । पर्यटक भिसामा नेपाल छिरेका ४३ महिला पर्यटकलाई डिपोर्ट गरिएको छ । काठमाडौँ प्रहरी परिसरका अनुसार ठमेलमा यौनजन्य गतिविधी गरी अश्लिलता फैलाएको आरोपमा उनीहरुलाई पक्राउ गरी कम्तीमा १ वर्ष नेपाल आउन नपाउने गरी डिपोर्ट गरिएको हो ।


पर्यटक बनेर नेपाल छिरेका ४३ जना युगाण्डेली महिलाहरु विशेष गरी काठमाडौँको ठमेल क्षेत्रमा मध्यरातमा पुरुष पर्यटक तथा व्यापारीहरुलाई बाटो छेकेर मोलमोलाई गर्ने अश्लिलता फैलाउने काम गर्दथे । हैरान भएका केही व्यक्तिहरुले उपत्यका प्रहरी परिसरमा गलत कार्य रोक्न प्रहरीमा उजुरी गरेका थिए । प्रहरीले केही महिलाका गतिविधीलाई नजिकबाट नियालिरहेको थियो । उनीहरु खासगरी नेपालमा आएर एउटै होटलमा बस्ने गरेका र यौनजन्य गतिविधीमा संलग्न हुने उद्देश्यका साथनै नेपाल आएको पाइएपछि अभद्र व्यवहार सम्वन्धि मुद्दामा प्रहरीले पक्राउ गरेको हो । 

Advertisement:

Ad
Ad

 

५सयदेखि ५हजारसम्म धरौटीमा ती महिलाहरु छुटेपछि प्रहरीले अध्यागमनमा उनीहरुको नाम टिपाएर अनुसन्धान गर्न सिफारिस गरेको थियो । अध्यागमनले तीनका गतिविधी भिजिट भिसासँग मेल नखाने गरी नेपाल आएको पाइएपछि १ वर्षसम्म नेपाल प्रवेश गर्र्न नपाउने गरी डिपोर्ट गरिएको थियो ।