तातोपानी नाका खुल्ने संकेत, मंसिरभित्रै सञ्चालनमा ल्याउने चीनको तयारी

२०८३ मंसिर ०३ गते

तातोपानी नाका खुल्ने संकेत, मंसिरभित्रै सञ्चालनमा ल्याउने चीनको तयारी

काठमाडौं । लामो प्रतीक्षापछि तातोपानी नाका खुल्ने संकेत, मंसिरभित्रै सञ्चालनमा ल्याउने चीनको तयारी

काठमाडौं । लामो समयदेखि बन्द रहेको तातोपानी नाका पुनः सञ्चालनमा आउने सम्भावना बढेको छ। नेपालले निरन्तर कूटनीतिक तथा राजनीतिक तहबाट पहल गरेपछि चीन नाका खुलाउन सकारात्मक देखिएको हो। प्राप्त जानकारीअनुसार आगामी मंसिर मसान्तभित्रै नाका खुलाउने विषयमा चिनियाँ पक्षले सकारात्मक संकेत दिएको छ।

Advertisement:

Ad

नाका सञ्चालनमा ल्याउन सिन्धुपाल्चोक–१ बाट निर्वाचित सांसद पराजुलीले पछिल्लो समय सक्रियता बढाएका छन्। उनले बुधबार परराष्ट्रमन्त्री शिशिर खनालसँग भेट गरी नाका यथाशीघ्र खुलाउन आवश्यक कूटनीतिक पहल गर्न आग्रह गरेका थिए। यसअघि उनले चीनका लागि नेपाली राजदूतसँग पनि यस विषयमा छलफल गरेका थिए।

सांसद पराजुलीको आग्रहपछि परराष्ट्रमन्त्री खनालले समेत चिनियाँ पक्षसँग संवाद गर्दै नाका खोल्न विशेष आग्रह गरेका छन्। यसअघि सांसद पराजुलीले नाकासँग प्रत्यक्ष सरोकार राख्ने विभिन्न पक्षलाई समेटेर सर्वपक्षीय छलफलसमेत गरेका थिए।

लगातारको पहलपछि नेपाल सरकारले कूटनीतिक नोटमार्फत चीन सरकारलाई तातोपानी नाका पुनः सञ्चालन गर्न औपचारिक आग्रह गरेको थियो। त्यसको जवाफमा चीनले नाका खुलाउने विषयमा सकारात्मक संकेत दिएको बताइएको छ।

यद्यपि, नाका सञ्चालनको मिति र प्रक्रियाबारे दुवै देशबाट औपचारिक घोषणा भने भइसकेको छैन। मंसिरभित्रै नाका खुल्ने अपेक्षाले लामो समयदेखि प्रभावित सीमापार व्यापार र व्यवसायमा नयाँ आशा जगाएको छ।