२०८३ मंसिर ०३ गते
काठमाडौं । मकवानपुरको भीमफेदी गाउँपालिका–१, भैंसे बजार नजिक आज(विहीबार) बिहान सुमो जीप दुर्घटना भएको छ । दुर्घटनामा सात घाइते भएका छन् भने तीन जनाको मृत्यु भएको छ ।
हेटौंडाबाट काठमाडौं आउँदै गरेको ना १ ज २१४३ नम्बरको जिप त्रिभुवन राजपथबाट राप्ती खोलामा खसेर दुर्घटना भएको प्रहरी नायव उपरीक्षक माधव काफ्लेले जानकारी दिए । घाइतेलाई उद्धार गरी हेटौंडा अस्पताल ल्याइएको छ । दुर्घटनाबारे थप विवरण आउन बाँकी रहेको डिएसपी काफ्लेले बताए ।
प्रतिक्रिया